काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ३ बाट उम्मेद्वारी दिएका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला डेञ्जर जोनमा परेका छन् । 

नेता सिटौला बाम गठबन्धनको समर्थनमा सो क्षेत्रबाट उम्मेद्वारी दिएका राजेन्द्र लिङ्देन भन्दा करिब ८ हजार मतले पछाडि परेका हुन् । 

पछिल्लो अपडेट अनुसार लिङ्देनको २३ हजार ६ सय ९५ मत आएको छ भने सिटौलाले १५ हजार ९ सय ३६ मतले पछ्याइरहेका छन् ।