काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति शनिबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

ट्राफिक प्रहरीहरुलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो। बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशील पौडेलले बचतको महत्व, दैनिक जीवनमा गरिने बचत व्यवहार, कर्जासम्बन्धी कारोबार, कर्जा अनुशासन तथा डिजिटल बैंकिङका महत्व, अवसर र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए। 

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायब प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति थियो। 

कार्यक्रममा एसपी आचार्यले दैनिक जीवनमा बचत गनुपर्ने थाहा भए पनि कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिइएकोमा यस साक्षरता कार्यक्रमपश्चात आफ्नो दैनिक जीवनमा बचतको महत्व बुझेर बचत बानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौसला मिलेको बताए। 

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।