काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग १५औँ काठमाण्डौ म्याराथनका लागि सहकार्य घोषणा गरेको छ। 

म्याराथन यही असोज २७ गते दशरथ रंगशालामा सुरु हुँदैछ। सहभागीले फुल म्याराथन, हाफ म्याराथन र सबै उमेरका लागि फन रनसहित विभिन्न श्रेणीमा सहभागिता जनाउन सक्नेछन्।

यो सहकार्यले सामुदायिक कार्यक्रमहरुलाई समर्थन गर्ने र स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने इनड्राइभको प्रतिबद्धता झल्काउँछ। एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गरेको काठमाण्डौ म्याराथन १ दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख स्पोर्ट्स इभेन्ट हो। यस वर्ष इनड्राइभले यो कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग हातेमालो गरेको छ।

म्याराथनका लागि समर्थनको अतिरिक्त इनड्राइभले एथलिट र कोच दुवैको ट्रेनिङका लागि समर्थन गरेर स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राख्नेछ।

राइड–हेलिङ (एपीएसी) इनड्राइभका निर्देशक रोमन एर्मोसिनले भने, ‘नेपालमा दौड संस्कृतिको विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दूरीका धावकहरुको सहयोग गर्ने उद्देश्यले गरिएको नयाँ पहललाई समर्थन गर्न दौड प्रतियोगिताका लागि एनआरएस स्पोर्टस फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ।’

तालिम कार्यक्रम काठमाण्डौ उपत्यकाका साथै हेटौँडा, बुटवल र पोखरामा भविष्यमा अन्य सहरमा विस्तार गर्ने योजनाका साथ सञ्चालन भइरहेको छ। अक्टोबर १४ मा हुने काठमाण्डौ म्याराथनमा स्लट उपलब्ध गराएर यस अवसरमा युवा र अन्डरप्रिभिलेज रनर्सलाई अगाडि बढाउन इनड्राइभले ३०० भन्दा बढी खेलाडीलाई सहयोग गरेको छ। यो पहल इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासको एक हिस्सा हो। 

‘यो कार्यक्रम स्वास्थ्य र स्वस्थतालाई सहयोग गर्ने हाम्रो कम्पनीको मूल्यहरुसँग पूर्ण रूपमा मेल खान्छ’, एर्मोसिनले भने, ‘हामी एकता र सामुदायिक भावनालाई बढावा दिनमा विश्वास गर्छौं र म्याराथन यसका लागि उत्कृष्ट प्लेटफर्म हो।’