काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौ र नयाँ तीनमध्येको एक ललितपुरको ताजा मत परिणाम सार्वजनिक भएको छ । 

जस अनुसार काठमाण्डौमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले फराकिलो मत अन्तरले अग्रता लिएका छन् भने ललितपुरमा कांग्रेस उम्मेद्वारको अग्रता कायमै छ । 

काठमाण्डौका मेयरका एमाले उम्मेद्वार शाक्यले ११ हजार ८२ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले ७ हजार ४ सय ८९ मत ल्याएका छन् । यस्तै, विवेकशीलकी रञ्जुु दर्शना ४ हजार २ सय २३ मतसहित तेश्रो स्थानमा छिन् । 

उता, ललितपुरमा चाहि कांग्रेसका मेयर पदका उम्मेद्वार चिरिबाबुु महर्जनले १५ हजार ४१ मतसहित अगाडि छन् । उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १३ हजार २ सय १६ मतसहित पछ्याइरहेका छन् । यो ठाउँमा साझा पार्टीका रमेश महर्जन ६८ सय ९३ मतसहित तेश्रो स्थानमा छन् ।