काठमाण्डौ । मतगणना अन्तिम चरणमा रहेका दुुई महानगरमा एमाले जित नजिक पुुगेको छ । बाँकी एक महानगरमा समेत उसले अग्रता कायमै राखेको छ ।
काठमाण्डौ र पोखरा लेखनाथ महानगरमा एमाले जित नजिक पुुगेको हो ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार काठमाण्डौ महानगरमा एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ५१ हजार ९१ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुुराज जोशीले हालसम्म ३८ हजार ८ सय ३६ मत ल्याएका छन् । तेश्रो स्थानमा रहेकी विवेकशीलकी रञ्जुु दर्शनाले १८ हजार ५ सय ६७ मत ल्याएकी छिन् भने चौथो स्थानमा रहेका साझाका किशोर थापाले १४ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् ।
काठमाण्डौ महानगरमा उपमेयरतर्फ कांग्रेस उम्मेद्वार फराकिलो मतअन्तरले अगाडि छिन् । कांग्रेसकी हरिप्रभा खड्गी ४६ हजार ६ सय १२ मत आएको छ भने उनलाई राप्रपाका राजाराम श्रेष्ठले २७ हजार ६ सय ४३ मतसहित पछ्याइरहेका छन् ।
उता, क्षेत्रफलको हिसाबले देशकै ठूलो महानगर पोखरा लेखनाथमा समेत एमालेको अन्तर निकै फराकिलो बनेको छ । पोखरामा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले ४९ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले ३७ हजार ७ सय ७६ मतले पछ्याइरहेका छन् । उपमेयरमा समेत एमालेकै अग्रता छ । एमाले उम्मेद्वार मञ्जुु गुरु ङले ४६ हजार ४ सय ६१ मत ल्याएकी छिन् । उनलाई कांग्रेसकी सरस्वती गुरुङले ३५ हजार ६ सय ८५ मतले पछ्याइरहेकी छिन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago