काठमाण्डौ । इसेवाको मुख्य यही चैतको अन्तिम साता काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ २०७८’ हुने भएको छ।
यो कार्यक्रम युनीभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाण्डौ मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा उच्च माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा हुनेछ। कार्यक्रम यही चैत २६ गते काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
युवायुवतीहरुको समुदायलाई एउटैमञ्चमा ल्याइ देशको विभिन्न क्षेत्रमा ख्याती प्राप्त, अनुभवी तथा उल्लेख प्रगती गरेका व्यक्तिहरुको ज्ञान, सीप, अनुभव वाँडी यो वर्गलाई देशको चौतर्फी विकासमा योगदान पुर्याउन युवाहरुलाई उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्नेउद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
देशका शसक्त युवायुवतीलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गरी नेपालमै शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिई स्वरोजगारका अवसरहरु सिर्जना गरी राष्ट्र सेवामा अभिप्रेरित गर्न यस कार्यक्रमको भूमिका रहने आयोजकको दाबी छ। कार्यक्रममा करिब ५ हजार युवायुवती (खास गरी १६ देखि २५ वर्ष उमेर समूहका) सहभागिता हुने आशा गरिएको छ।
कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago