काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको छ।
बैंकले अस्पतालमा उक्त सेवा चौबीसै घन्टा प्रदान गर्नेछ। काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिनेछ।
बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार, तिनका आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ।
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्।
उक्त समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीको पनि उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19