काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा गत माघ ४ गतेदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ। 

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र बिरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो। उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्नेछन्। 

बैंकले हाल देशभरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटीएम र ६ हजारभन्दा बढी पोस टर्मिनलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ।