काठमाण्डौ । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम काभ्रेको बनेपास्थित संंगममार्गमा खोल्ने भएको छ।
शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिने भएको छ। कृष्ण इन्टरनेसनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको प्रमुख आतिथ्यतामा शोरुमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेस्ट ग्रुपले प्राप्त गरेको छ। शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चाबीसमेत हस्तान्तरण गरिनेछ।
बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुआत गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेस्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए। बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन्। बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए।
चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एन्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन्। कम्पनीले नेपालका मुख्य सहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ। ‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन्।
यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ। इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्री सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन्।
काठमाण्डौको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ। काठमाण्डौ उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन्। उपत्यकाबाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19