काठमाण्डौ । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आज भदौ १९ गते मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।
कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङ) हरिप्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए।
यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्णले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19