काठमाण्डौ । कामना सेवा विकास बैंक र ट्रानक्युलिटी स्पाबीच आज आइतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ। 

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले ट्राक्युलिटी स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सलुन सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। 

यसका साथै सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०% सम्मको छुटको समेत व्यवस्था रहेकोे छ।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।