काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कामना सेवा विकास बैंकले दमक शाखामार्फत झापा जिल्ला कमल गापा–५ पाडाजुंगीस्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई आज सोमबार पोसाक वितरण गरेको छ। 

विद्यालयमा अध्ययन गर्न आउने भूमिहीन, बाढीपीडित, सुकुमबासी, दलित, जनजाति, आदिवासी समुदायका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई बैंकले पेसाक वितरण गरेको हो। बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनाललाई ती पोसाक हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयका साथै बैंकका कर्मचारीको उपस्थिति थियो।

बैंकले आगामी दिनमा पनि सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ।