काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका थिए । 

हस्तान्तरण कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज/राष्ट्र निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण भुमिकामा रहेको कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गर्न पाँउदा गौरवान्वित महशुस हुनुका साथै उक्त ट्राफिक कोनहरुले काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन र नियन्त्रणमा सहयोग पुग्ने बैंकले विश्वास लिएकोे बताए । 

ट्राफिक कार्यालयका प्रमुख नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेलले ट्राफिक कोन ट्राफिक अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।