काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले काठमाण्डौको नारायण गोपालचोक (चक्रपथ)स्थित मल्पी इन्टरनेसनल कलेजको शिक्षण शुल्क विशेष छुट पाउने भएका छ्न। 

छुटसम्बन्धी सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यलाई ४ वर्षको भर्ना तथा सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकलाई भर्ना तथा सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट हुनेछ। 

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।