काठमाण्डौ। कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५/७६ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ।

कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवालाई मध्यमस्तरीय उत्कृष्ट करदाताका रुपमा सम्मानित गरिएको हो। बैंकले आर्थिक वर्ष २०७४÷७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेबापत सो सम्मान प्राप्त गरिसकेको छ।

आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ। 

राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढी हौसला प्रदान गर्ने र आगामी दिनमा एक अब्वल विकास बैंक बन्नमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।