काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै कन्ट्याक्टलेस भिसा डेबिट कार्डको सञ्चालनमा ल्याएको छ।
नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ। यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ।
यो प्रविधि सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ। हाललाई यस प्रविधिमार्फत प्रतिकारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ।
बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19