काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्कीबासस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ। 

ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधासम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा दुम्कीबास शाखा स्थानान्तरण भएको बैंकले जनाएको छ। हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय निकायले तोकेको मापदण्डभित्र रही बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन गरेका छन्। 

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२७ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७० वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।