काठमाण्डौ। महाशिवरात्रीका अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पुगेका भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ।
काठमाण्डौको ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको बैंकले जनाएको छ। उक्त कार्यमा बैंकका कर्मचारीहरु बिहानैदेखि खटिएका छन्।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ।
बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुँदा भक्तजनलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस् भन्ने पवित्र उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए। आगामी वर्षहरुमा समेत यस कार्यलाई निरन्तरता दिइने उनले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19