काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा आज वैशाख ८ गतेबाट लमजुङ जिल्लाको मध्यनेपाल नपा–२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  सोतीपसलस्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. १ का वडाअध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं. २ का वडाअध्यक्ष पदमबहादुर थापाले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। 

कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषिराम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुहरि बास्तोलालगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।