काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज बिहीबारबाट सिराहा  जिल्लाको लक्ष्मीपुर पतारी गापा–४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई उक्त शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गापाका अध्यक्ष राम वलव साह, वडाअध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा बैंकका कर्मचारीलगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने बैंकले जनाएको छ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।