काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा आज सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी नपा–७ अमरलती चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। अमरलतीचोकस्थित ओम शान्ति ट्रेडर्स सेन्टर (प्रो. मुकेशकुमार साह) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि बैंकले व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ। 

नेपाली कांग्रेस मधेश प्रदेशका पूर्वक्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी नपा–७ का प्रहरीनिरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा सुरु गरिएको थियो। 

कार्यक्रममा बैंकका अन्य कर्मचारीलगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।