काठमाण्डौ । कामना सेवा विकास बैंकले एन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्रामका सहभागीलाई सोमबार प्रमाणपत्र हस्तान्तरण गरेको छ। 

बैंकले अन्तरप्रेरणासँगकोे सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रमका सहभागीलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुंगेल, तालिमका सहभागीलगायत बैंकका अन्य कर्मचारीको उपस्थिति थियो। 

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जनामार्फत देशमा आर्थिक स्थिरता बढाउने रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।