 
                     
                                
                             
                                    काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ।
बैंकले असार २२ गते ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हो।
यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवाहरु प्राप्त गर्न सक्नेछन्।
‘केएस डिजी वर्ल्ड’मा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो सेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्यूआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन्।
यसका साथै बैंकले आगामी दिनमा समेत अन्य अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19