काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा आज असार ३० गते बिहीबारबाट इलामको रोङ गापा–६ को सलकपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. यामप्रसाद अधिकारी)लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

रोङ गापा वडा नं. ६ का वडासदस्य धिरज राईले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। 

कार्यक्रममा वडा नं. ०६ का अन्य जनप्रतिनिधि, व्यावसायिक प्रतिनिधि, स्थानीयका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।