काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल पे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ (केएस आई–मोबाइल) एकीकृत गरिएको छ।
बैंकले असार ९ गतेबाट नेपाल पे क्यूआरका मर्चेन्टहरुलाई केएस आई–मोबाइलको क्यूआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ एप अपडेट गरेको छ।
यससँगै कामना सेवा नेपाल पे क्यूआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ। यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमा उपलब्ध क्यूआर पेमेन्ट प्रयोग गरी नेपाल पे क्यूआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19