काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ। 

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। मनकामना अस्पताल भरतपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १८५ जना व्यक्तिहरुले स्वास्थ्य परीक्षण गरेका छन्। अस्पतालका वरिष्ठ फिजिसियन उत्सव अधिकारीसमेतको स्वास्थ्य टोलीले उक्त कार्यक्रममा स्वास्थ्य परीक्षण गरेको बैंकले जनाएको छ। 

वार्षिकोत्सवका कार्यक्रमअन्तर्गत बैंकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुको वाकथन कार्यक्रम सम्पन्न गरेको छ। वाकथन कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दीर, डिल्लीबजार, पुतलीसडक, हात्तीसार, नक्साल, नारायणचौर, नक्साल भगवती मन्दीर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालयसम्म भएको थियो। 

कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो। 

 वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ। बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ। बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रम गर्ने जनाएको छ।