काठमाण्डौ। कालिका लघुवित्तको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छिन्। 

सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले प्रधानलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो। उनले राष्ट्रिय बाणिज्य बैंकको ३० वर्ष लामो अवधिको बैंकिङ अनुभव हासिल गरी प्रवन्धक पदबाट निवृत्त भएका थिए। 

यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका रुपमा समेत कार्य गरेका प्रधान गत बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका थिए।