काठमाण्डौ। कास्की जिल्लाको रुपमा गाउँपालिकाका किसानहरुलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नका लागि रुपा गाउँपालिका र ग्रीन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ।  

रुपा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य बस्तुको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी सिर्जना गर्न शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवालाई विदेशमा आर्जन गरेको सीप र दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन महिला उद्यमशीलता विकास गर्न, वित्तीय पहुँज तथा साक्षरता विस्तार गर्दै धितोसहित तथा बिनाधितोमा कर्जाका लागि आवश्यक सहजीकरण तथा व्यवस्थापन गर्न “समृद्धिका लागि सहकार्य” भन्ने नाराका साथ स्थापित भई विभिन्न क्षेत्रमा सहयोग र सहकार्यका साथ अगाडी वढेको ग्रीन डेभलपमेन्ट बैंक र रुपमा गाउँपालिकाको सहकार्यमा चैत १२ गते एक समारोहका गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा गाउँपालिकाका तर्फवाट प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना र ग्रीन डेभलमपमेन्ट बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले हस्ताक्षर गरेका छन्। 

गाउँपालिकाभित्रका कृषकलाई वित्तीय पहुँच बढाउन र लगानीको वातावरण सिर्जना गर्न नेपाल सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७६ मा व्यवस्था भएअनुरुपका कर्जा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि गाउँपालिका र बैंक प्रतिबद्ध रहेको दुवै पक्षले जनाएका छन्। सम्झौतापश्चात रुपाका किसानहरुले बिन धितो सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।

बैंकले गाउँपालिकाको जमानीमा विभिन्न कृषि तथा पशुपालनसम्बन्धी व्यवसाय गर्नका लागि ऋण उपलब्ध गराउने वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए। उक्त सहुलियतपूर्ण कर्जा लिँदा महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत छुट पाउनेछन्। 

सम्झौता समारोहमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यो वर्षलाई कृष्ीि वर्षका रुपमा मनाउने घोषणा गर्दै डेढ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा यो वर्षमात्रै कृष्ीि तथा दूधजन्य पदार्थमा आत्मनिर्भर हुने कार्यक्रममार्फत २० करोड रुपैयाँ भित्र्याइसकेको  बताए। “कृषी वर्षको रुपमा अनुदान वढायौं। टनेल, औजारदेखी विभिन्न उपकरण किसानसम्म पु¥यायौं” अध्यक्ष ओझाले भने “एक वडा एक नर्सरी कार्यक्रम चलिरहेको छ। अब व्यावसायिक कृष्ीिमा लाग्न चाहनेले ग्रीन डेभलपमेन्ट बैंकमार्फत विनाधितो र धितोसमेतमा सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने भएका छन्।”

व्यावसायिक कृषि तथा पशुपालन, महिला उद्यमशीलतालगायत कृषि पेसासँग सम्बन्धित कार्यका व्यवसायका लागि बैंकको तालचोक शाखालाई तोकिएको र उक्त शाखामा सम्झौताबमोजिमको कर्जा प्रवाह कार्यलाई सहजीकरण गर्न छुट्टै इकाइसमेत व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए। 

कार्यक्रममा बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले गाउँपालिकाका कृषकहरुले सहुुलियतपूर्ण कर्जाको अधिकतम उपभोग गर्र्दै उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए। 

बैंकले हाल कास्की, बागलुङ र म्याग्दी जिल्लामा रहेका १३ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा, मोबाइल बैंकिङ, निःशुल्क एटीएम सेवा, कनेक्ट आईपीएसजस्ता सुविधाका साथसाथै बचत तथा मुद्दति खातामा आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ।