काठमाण्डौ । एमालेका चर्चित युवा नेता रविन्द्र अधिकारीले कास्की २ बाट शानदार जित हासिल गरेका छन् । 

नेता अधिकारी प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका हुन् । 

उनले २७ हजार २ सय ७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत मात्र प्राप्त गरे । 

नेता अधिकारी यसअघि ०६४ र ७० सालको संविधानसभा निर्वाचनमा कास्कीबाट नै विजयी भएका थिए । यो जितसँगै उनले कास्कीबाट जितको ह्याट्रिक गरेका छन् ।