काठमाण्डौ । किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने ७ वटा टिमको टुर्नामेन्ट हो। जुन काठमाण्डौको दशरथ रंगशालामा राउन्ड रोबिन फर्म्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ। नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो। यो वैशाख ११ देखि वैशाख २५ गतेसम्म काठमाण्डौमा हुने तय भएको छ। 

किया सधैँ खेलको दुनियाँसँग जोडिँदै आएको छ। किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी पनि हो। किया अस्ट्रेलियन ओपन, फिफा वल्र्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा यूईएफए युरोपा लिग, नेसनल मोटरस्पोर्टसजस्ता खेलहरुमा आबद्ध छ। 

त्यसैगरी किया नेपाल पनि नेपाल सुपर लिगले नेपाली फुटबललाई माथि उकास्न मद्दत गर्नेमा विश्वस्त छ। यो कम्पनी फुटबलको विकासमा योगदान गर्न तथा खेलाडीलाई अझ व्यावसायिक तवरले अघि बढ्न मद्दत गर्न चाहन्छ। 

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो देख्न पाइनेछ। 

त्यसैगरी अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइनेछ। किया नेपाल प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्वसावधानी अपनाउने प्रतिबद्धता जनाउँदछ। 

कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्नेछ।