काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कुपन्डोलको गुसिंगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर ‘गुसीबगाल मोटरसाइकल सर्भिसिङ सेन्टर’ खोलेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिंगालमा पनि सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको छ।

मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी गारिएको छ। एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकको सुविधाका लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ।

बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ। नयाँ सर्भिसिङ सेन्टरले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ। यसैका माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ। बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कुपन्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ। हाम्रा ग्राहक निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। हामीले आशा गरेका छौँ कि यो नयाँ सर्भिसिब सेन्टरसँगै यसले ग्राहकको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन्।’