काठमाण्डौ । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै  आएको इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् । साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढी  भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।

हाल इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान जारि रहेको हुनाले अल् अन्सारी एक्सचेन्जको  माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एकजनाले काठमाडौँमा घर समेत जित्न सक्नेछन् । 

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद  अब्दुल रहमानले हस्ताक्षर गरेका थिए ।