 
                     
                                
                             
                                    काठमाण्डौ । पशुपन्छी दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.ले आव०७३/७४ मा कृषिजन्य उद्योगअन्तर्गत सबैभन्दा बढी कर तिरेको छ।
सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.का कार्यकारीनिर्देशक डा. दिनेश गौतमलाई सम्मानपत्र प्रदान गरे।
सरकारले गत आर्थिक वर्ष(आ.ब. २०७३/७४)मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो।
सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्।
आन्तरिक राजश्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।
त्यही समयमा उक्त आबमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो।
आर्थिक वर्ष २०७३/०७४ मा कृषिजन्य उद्योग अन्तर्गत मुलुककै उत्कृष्ट करदाताको रुपमा प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.लाई सरकारको तर्फबाट सम्मानित गरिएको हो।
कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19