काठमाण्डौ । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौँ शाखा विस्तार गरेको छ।
काठमाण्डौ महानगरपालिका–२२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेसलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको हो। केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ।
यस आउटलेटमा केएफसीका विभिन्न चिकेनको परिकार जस्तै– हट एन्ड क्रिप्सी चिकेन, चिकेन पपक्रन, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ। नयाँ शाखा सञ्चानलसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन मिललगायतका नयाँ अफरसमेत ल्याएको छ।
यस रेस्टुराँमा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवासमेत लिन सकिनेछ। हरेक ग्राहकले कस्टमर डिस्प्ले स्क्रिनबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ गर्न सक्नेछन्।
२३४० वर्गफिटमा खोलिएको यो रेस्टुरेन्टमा एकपटकमा ७० जना ग्राहकले सेवा लिन सक्नेछन्। रेटुरेन्टले हाल बिहान ९ बजेबाट रातको ९ बजेसम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ।
यसका साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन सकिनेछ। यस रेस्टुराँले १५ जनालाई प्रत्यक्ष रोजगार दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago