काठमाण्डौ । केएफीसी नेपाल रेस्टरेन्टका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु. १०० सम्म)को क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याकको अफर नेपालभरिका केएफसी आउटलेटहरुमा पुस २३ गतेसम्म उपलब्ध हुनेछ।
स्ट्याटिक क्यूआरका रुपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। केएफसीमा नेपालपे क्यूआरको सेवा सनराइज बैंकको सहकार्यमा सुचारु गरिएको हो। फास्टफुडका रुपमा विश्व परिचित ब्रान्ड केएफसीमा अब उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ।
हाल नेपालपे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुनेछ।
भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19