काठमाण्डौ । राजधानीको चाबहिलस्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ ।
ठूला किसिमका सेल मेलामध्ये एक मानिएको यस दामीसेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने मेला आयोजकले जनाएको छ ।
साथै, पाँचसय वा सोभन्दा बढीको खरिदमा दैनिक पाँचहजार रुपैयाँ बराबरको उपहार दुईजनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एकजनालाई दिइने टावरले जनाएको छ ।
मेला अवधिभर केएल टावरमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । फेस पेन्टिङ, फेसन शो, म्यूजिकल इभेन्ट, बीबाइङ, हिपहप लगायत कार्यक्रमहरूका साथै भ्यालेन्टाइन दिवसमा स्पेशल कार्यक्रम समेत गरिने बताइएको छ ।
हाल केएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, फुटकोर्ट, खेल स्थान, बैंक, , ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago