काठमाण्डौ । केएल दुगड समूहले ज्ञान ब्रान्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ।
केएल दुगडले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदाजस्ता लोकप्रिय उत्पादन लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएका छन्। लिली फुलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वले भरिपूर्ण रहेको छ। उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाका रुपमा पनि उपभोग गर्न सकिन्छ।
मखाना हल्का रोस्ट गरेर अथवा सीधै खान सकिन्छ। यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ।
ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19