काठमाण्डौ । केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड ‘प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्। 

निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन्। 

मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उद्योगी तथा समाजसेवी दुगडलाई उक्त मानपदवी प्रदान गरिएको हो। 

उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो।

निज दुगडको अग्रसरतामा कृषिलाई व्यावसायिकीकरण र औद्योगिकीकरण गर्नेतर्फ कृषकलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै उपभोक्ताको स्वास्थ्य सुरक्षाको हकहित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग–व्यवसायको विकास गर्दै आएका छन्।