काठमाण्डौ । केएल दुगड ग्रूपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ ।

ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह रहेको कम्पनीले बताएको छ ।

ज्ञान हल्दी, ज्ञान धनियाँ, ज्ञान रेड चिल्ली, ज्ञान जिरा र ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् ।

अब ग्राहकहरूले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरूमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ ।