काठमाण्डौ । केएल टावरले दसैँतिहारका लागि उपहारै–उपहार सहितको ‘रमाइलो दसैँतिहार’ हरेक हप्ता उपहारै–उपहार योजना सुरु गरेको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन्।  

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, १ हजार रुपैयाँबराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध गराइनेछ। १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सीजी ब्राण्डका होम अप्लाइन्सेज, टीभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ। 

बम्पर प्राइजमा एकजनालाई टीभीएस अपाचे आरटीआर १६० २भी वितरण गरिने उपहार योजनाका संयोजक हीरामणी तिमिल्सिनाले बताए। चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए। 

असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए।  

उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा १ हजार रुपैयाँबराबरको सामान खरिद गर्नुपर्ने हुन्छ। १ हजार रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ। सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ।

यसका साथै केएल टावरमा घटस्थापनादेखि सिनेमा हलहरुसमेत खुलेका छन्। सिनेमा हलहरु खुलेको र दसैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ गर्नेहरुको चहलपहलसमेत बढेको छ। कोभिडका कारण लामो समयदेखि बन्दजस्तै अवस्थामा रहेका  सपिङ मलहरु दसैँ नजिकिएसँगै विभिन्न अफरका साथ सञ्चालनमा आउन थालेका छन्। 

टावरमा ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, ३ वटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका पसल सञ्चालनमा छन्।