 
                     
                                
                             
                                    काठमाण्डौ । हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफर सहित केएल मोबाइल हब संचालनमा आउने भएको छ ।
राजधानीको चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सँचालनमा आउने केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा एफ क्युब मा सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार बराबरको २ जनालाई प्रबेश, लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।
मोबाइल हब संचालनको अबसर पार्दै बिभिन्न मोबाइल कम्पनीहरुले बिशेष छुट पनि दिने भएका छन् ।
बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने संचालक संगम राइले बताए ।
नेपालमै पहिलो पटक फरक अबधारणामा असार ५ गतेबाट संचालनमा आउन लागेको यो मोबाइल हबमा ६० मिनेट मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एण्ड फिल जोनको सुबिधा पनि रहेको छ । यसैगरि पार्किङको पर्याप्त सुबिधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ बर्षको लागि प्रिभिलेज कार्ड पाइने निर्देशक राइले जानकारी दिए ।
१५ दिन सम्म मोबाइल हबमा चल्ने मोबाइल मेलामामेला अबलोकन गर्न आउनेहरुका विच लक्की ड्र गरिने र भाग्यशाली अबलोकनकर्तालाइ मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको बताइएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19