 
                     
                                
                             
                                    काठमाण्डौ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ ।
राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ ।
मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन(आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेशपायल राई, नायिका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए ।
आगामी २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।
नेपालमै पहिलोपटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । यसैगरी पार्किङको पर्याप्त सुविधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए ।
मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ ।
टच एन्ड फिल जोन तथा अलग–अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाइ आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलिएको थियो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19