 
                     
                                
                             
                                    काठमाण्डौ । ईओएल प्रालि नेपालमा केन्ट भारत ब्रान्डको एकमात्र आधिकारिक वितरक हो। जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तु छन्।
अहिले केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामान नेपाली बजारमा ल्याएको छ। यसअन्तर्गत विल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट 6A प्लग टप, मेल फिमेल बेला, मेटल बक्स 1 & 2 (3x3)-21 गज, मेटल बक्स 4M (5x3)–21 गज, नेक्स एमसीबी, टीपीएन सिरिज आदि उपलब्ध छन्।
सबै नयाँ वस्तु उत्कृष्ट विशेषताहरुले भरिपूर्ण छन्। सबै सामान नेपालभरि बजारमा सजिलै पाइन्छ। केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरु, विभिन्न प्रकारका फ्यानहरु, ग्यास र इलेक्ट्रिक गिजरहरु, हेलोजन हिटरहरु उपलब्ध छन्। केन्ट भारत ब्रान्ड नेपालीहरुको लोकप्रिय ब्रान्डहरुमध्ये एक हो।
सिजी इलेक्ट्रोनिक्सका बारेमा
सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुपको एक कम्पनी हो। जसले गुणस्तरीय उत्पादन र सेवाहरु प्रदान गर्ने प्रतिष्ठाका साथ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायको अग्रगामी हो। सिजी इलेक्ट्रोनिक्सले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सिजी ब्रान्डहरुका साथमा नेपालीहरुको जीवनलाई छोइराखेको छ। सिजी इलेक्ट्रोनिक्सले विभिन्न प्रकारका उपभोक्ता टिकाउ उत्पादनहरु उपलब्ध गराउँदै आएको छ।
त्यस्तै ईओएल प्रालि सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरु जस्तै– फ्यान, सेमी–मोड्युलर स्विचहरु, एमसीबी, होल्डरहरु र रुम हिटर, वाटर हिटर र गिजरहरु प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरु मार्केटिङ र वितरण गर्दै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19