काठमाण्डौ । केबीएल सेक्यूरिटिज लिमिटेड सोमबारदेखि औपचारिक रुपमा धितोपत्र कारोबार सेवा सुरु गरेको छ ।

सो सेवाको उद्घाटन कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले गरेका हुन् ।

कार्यक्रममा केबीएल सेक्यूरिटिज लिमिटेड, कुमारी बैंक तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति थियो ।

कारोबार सुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताएका छन् ।

केबीएल सेक्यूरिटिज लिमिटेड, कुमारी बैंकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो । कम्पनीको सेयर ब्रोकर सदस्यता नं ९४ रहेको छ ।