काठमाण्डौ । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ। 

एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठूलो हिस्सा खर्चन्छौ पनि। वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ।

सपनाको घर निर्माण गर्ने क्रममा दु :खले कमाएको सम्पत्ति बालुवामा पानी हालेसरि व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ। त्यसैले एनएस क्वालिटी अवार्ड-२०१९ बाट पुरस्कृत शिवम् सिमेन्टले  हालै शिवम् सन्देश’ ल्याएको छ ।

शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश छन् ।


घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्नेरु विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने ? जस्ता थुप्रै अति उपयोगी जानकारीहरु समेटिएको शिवम् सन्देश’ले भरोसा अटुट सम्बन्धको’ भन्ने कम्पनीको नारालाई अझै उचाइमा पुर्‍याएको छ। 

भूकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ’शिवम् सन्देश’मा समेटिएका छन्।

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि शिवम् सन्देश’मा समेटिएका छन्।