काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आज शुक्रबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामग्री वितरण सम्पन्न गरेको छ।
बैंकले लम्कीचुहा नगरपालिका–२ स्थित श्री जनसेवा माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो। विद्यार्थीलाई वित्तीय सचेतना अभिवृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सुदूरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिए। जिल्लाका विभिन्न क्षेत्रमा वित्तीय सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको रेग्मीले बताए।
कार्यक्रम मुख्य रुपले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका तथा अभिभावक लागि आयोजना गरिएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक–शिक्षिका, महिला, विद्यार्थीलगायत करिब १५० जनाको सहभागिता थियो।
विद्यालयका प्रधानाध्यापक शक्ति सिंह कठायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोेज रेग्मी र लम्की शाखाका प्रबन्धक युवराज थापाले वित्तीय साक्षरताका बारेमा जानकारी प्रस्तुत गरेका थिए।
सोही कार्यक्रममा बैंकले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सामग्रीसहितको अभ्यास पुस्तिका वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19