काठमाण्डौ । फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ। 

‘ड्रिङक–बिलिभ–विन” नाम रहेको यस क्याम्पेनअन्तर्गत उपभोक्ताले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिसर्ट, ज्याकेटजस्ता मर्कन्डाइजहरु जित्न सक्ने मौका पाउनेछन्। 

यस क्याम्पेनमा सहभागी हुनका लागि उपभोक्ताले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ। त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एसएमएस पठाउन सकिनेछ। अथवा www.coca-cola.com.np  मा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागी हुन सकिनेछ।  

कात्तिक १५ बाट सुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागू हुनेछ। यो अफर लागू नहुने बोतलहरु पनि बजारमा उपलब्ध रहेका छन्। यसबारेमा विस्तृत सर्त तथा जानकारी कम्पनीको वेबसाइट www.coca-cola.com.np मा गएर हेर्न सकिनेछ। 

पुरस्कार दाबी गर्नका लागि आफूसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ। यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ। 

नियम तथा सर्तहरु लागू हुने कम्पनीले जनाएको छ।