काठमाण्डौ। लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन्। तीमध्ये एकदमै थोरैमात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन्। एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरि कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन्। नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीका अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडपर्व मनाउन घर फर्किने व्यवस्था गरेको छ।  

सम्बन्धउत्सव स्वादसँग क्याम्पेनअन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपाली दाजुभाइ तथा दिदी–बहिनीलाई नेपाल ल्याएको थियो। वर्षौंदेखि चाहेर बल्ल–बल्ल पूरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ।

यसरी घर फर्किन पाउनेहरुमध्ये एक हुन्, कान्छीमाया तामाङ। ‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छु। हरेक वर्ष विशेषगरी दसैंँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो। तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु’, कान्छीमायाले भनिन्, ‘मेरो खुसीको सीमा नै छैन। ६ वर्षपछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।’

क्याम्पेनका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला सम्बन्धहरुमा विश्वास गर्छ र खास गरी यस्ता चाडपर्वको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ। त्यसैले हाम्रो यस वर्षको दसैंँ थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौँ। यसै सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहनुभएका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौँ। किनभने दसैंँको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो। चाडपर्वका अवसरमा उहाँँहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुसी लागेको छ।’

सम्बन्धउत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्देश्य भनेको उपभोक्ताहरुलाई चाडपर्वको समयमा  मीठा–मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनका लागि अभिप्रेरित गर्ने हो।