काठमाण्डौ । कोका-कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप- २०२३ मा एक विशेष पहलको सुरुवात गरेको छ ।

कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) सँगको साझेदारीमा पुरै रिसाइकल गरिएका पेट बोतलहरुबाट राष्ट्रिय झन्डा बनाएको हो ।कम्पनीले यो प्रयासले क्रिकेटको दुनियामा इको-फ्रेन्डली रन थपेको बताएको  छ।

आईसीसी हेड अफ इभेन्ट्स, क्रिस टेटलीले भने, ‘आईसीसी मेन्स क्रिकेट वर्ल्डकप- २०२३ मा इनोभेशन र स्टेबिलिटिलाई विशेष ध्यान दिंदै एकता र गर्वलाई मूर्त रूप दिने राष्ट्रिय झण्डाहरू पेट बोतलहरूबाट बनाइएको हो ।’

यसैगरी,कोका–कोला इन्डिया र साउथवेस्ट एशियाका मार्केटिंग भाईस प्रेसिडेन्ट अर्नब रोयले भने, यी पुनः प्रयोग गरिएका बोतलहरूबाट बनाइएका राष्ट्रिय र आईसीसीको झण्डामार्फत् सर्कुलर इकोनोमीका सिद्धान्तहरूलाई अगाडि बढाउन हामीले यो पहल गरेका हौं ।’

साथै कम्पनीले यस्तो खालको उत्कृष्ट कदमले क्रिकेट र वातावरण दुवैप्रति कोका–कोलाको प्रतिबद्धता झल्किएको पनि बताएको छ ।

कम्पनीले आईसीसीसँग मिलेर १० सहभागी राष्ट्रका लागि राष्ट्रिय झन्डा र १० आईसीसी युनिटी झन्डा बनाएको हो । जुन पोष्ट कन्जुमर पीईटी बोतलहरुबाट बनेका थिए ।