काठमाण्डौ । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको सुरुआत गरेको छ।

कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो। जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ।

यो क्याम्पेनका लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्तालाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ। कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको सुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुँदैछ।

क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘विश्वव्यापी रुपमा हामीले सन्चालन गरिरहेको कोक एन्ड मिल्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोका–कोला मोःमोत्सव सुरु गरेका थियौँ। सातौँ वर्षसम्म आइपुग्नका लागि हाम्रा उपभोक्ताले दिनुभएको माया र साथका लागि हामी आभारी छौँ। यो क्याम्पेनभरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौँ।’

यो क्याम्पेनको ट्यागलाइन ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ। जसले कोक र मःम खाने उपभोक्ताले स्वादको रियल म्याजिक पाउन सक्ने भन्ने सन्देश दिन्छ।

त्यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न सुरु गरिएको कोका–कोला मोःमोत्सव क्याम्पेनको सातौँ संस्करण मनाउँदैछौँ। यस वर्षको स्लोगन ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’ले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी हाम्रा उपभोक्तासँग अझै नजिक हुने आशा गर्दछौँ।’

यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाण्डौका विभिन्न रेस्टुरेन्टहरुमा जाने कार्यक्रम रहेको छ। जसले गर्दा कोक र मःम खाने उपभोक्ताले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उनीहरुसँग फोटो खिच्ने मौका पाउन सक्नेछन्।

मोःमोत्सव अभियान र विभिन्न आउटलेटहरुमा हुने कार्यक्रमहरुका बारेमा अपडेट रहनका लागि कोका–कोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाई लाइक र फलो गर्न सकिन्छ।